खेल


खेलाडीलाई दिने भनिएको पुरस्कारको रकम मन्त्रिपरिषदबाट पास भइसक्यो : खेलकुदमन्त्री

खेलाडीलाई दिने भनिएको पुरस्कारको रकम मन्त्रिपरिषदबाट पास भइसक्यो : खेलकुदमन्त्री

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ११:१६,

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साग विजेता खेलाडीलाई दिने भनिएको पुरस्कारको रकम मन्त्रिपरिषद्बाट पारित भइसकेको बताएका छन्।

मगंलबार पोखराको सहारा क्लव र पोखरा रगंशालाको निरीक्षण गरेका मन्त्री विश्व्कर्माले गत मंसिरमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई प्रदान गर्ने भनिएको पुरस्कार रकम मन्त्रिपरिषदबाट पास भइसकेको बताएका हुन्। खेलाडीलाई दिने भनिएको रकम लामो समयसम्म नदिँदा सरकारको आलोचना भइरहेका बेला उनले यस्तो बताएका हुन्।

‘अब खेलेर बाच्ने आधार राज्यले खडा गरिसकेको छ’, उनले भने, ‘खेलाडीको मनोबल बढाउनका लागि इतिहासमा नै सरकारले यतिधेरै खेलाडीलाई एकै पटक सम्मान गर्न लागेको हो।’

यस्तै सहारा क्लवको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले क्लबले खेलकुद क्षेत्रमा गर्व गर्न लायक काम गरेको बताए। सहारामा आश्रित बालकहरुलाई आफ्नो परिवार र सिंगो देशको गौरव बढाउन समेत उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad