ad ad

खेल


वर्षाले पछि धकेलियो नेपाल र श्रीलंकाबीचको खेल

वर्षाले पछि धकेलियो नेपाल र श्रीलंकाबीचको खेल

नेपालखबर
जेठ ३०, २०८१ बुधबार ५:१७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण केही ढिला सुरु हुने भएको छ। 

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा सबा ५ बजे सुरु हुने भनिएको खेलमा ओसिलो मैदानका कारण अहिलेसम्म टस समेत हुन सकेको छैन। 

गएरातिको वर्षाका कारण मैदान पुरै भिजेकाले अहिले पानी सुकाउने कार्य भैरहेको छ। सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्।

नेपाली टोली आजको खेलमा श्रीलंकालाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। 

यता श्रीलंका पनि नेपाललाई हराउँदै सुपर ८ सम्भावना जिवित राख्ने योजनामा हुनेछ। नेपालसँग पराजित भए श्रीलंका विश्वकपको सुपर ८ को दौडबाट बाहिरिनेछ। 

विश्वकपको समूह ‘डी’ मा रहेका पाँचै टोलीको सुपर ८ मा पुग्ने सम्भावना खुला छ। विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। श्रीलंका भने तेस्रो खेल खेल्दैछ। 

यो समूहमा तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। 

एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश २ अंकमा दोस्रो र समान खेल र नतिजाबाट नेदरल्यान्डस् तेस्रो स्थानमा छ। एक खेलमा हार भोगेको नेपाल चौथो र दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ। 

नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो। 

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .