ad ad

खेल


सन्दीप लामिछानेले विश्वकप खेल्ने, राति नै पुगे वेस्टइन्डिज

सन्दीप लामिछानेले विश्वकप खेल्ने, राति नै पुगे वेस्टइन्डिज

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८१ सोमबार ७:३६, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेस्टइन्डिज गएका छन्। गएराति उनी वेस्टइन्डिज गएका हुन्।

अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

खड्का आज बिहान जारी गरेको विज्ञप्तिमा सन्दीप गत मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको उल्लेख छ। 

‘उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थित रहने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ। साथै सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ। 

यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलाग्न पनि क्यानले आग्रह गरेको छ। 

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले जनाएकाे छ।

हेर्नुहोस् विज्ञप्ति
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .