ad ad

खेल


इङ्लिस प्रिमियर लिग: आर्सनल अंक तालिकाको दोस्रो स्थानमा

टोटनहममाथि १–० को संर्घषपूर्ण जित
इङ्लिस प्रिमियर लिग: आर्सनल अंक तालिकाको दोस्रो स्थानमा

नेपालखबर
भदौ ३१, २०८१ सोमबार ८:३४, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा तेस्रो जित निकाल्दै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
  
आइतबार राति भएको खेलमा आर्सनलले टोटनहममाथि १–० को संर्घषपूर्ण जित निकालेको हो। 

टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा गोलका लागि निकै संघर्ष गर्नुपर्‍याे। 

खेलको ६४ औँ मिनेटमा ग्रावियलको हेडर गोलमा अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा १–० को जित निकालेको हो। 

गएराति नै भएको अर्को खेलमा न्यु क्यासल युनाइटेडले वुल्भ्समाथि २–१ को जित निकालेको छ। 

पहिलो हाफको ३६ औँ मिनेटमा मारियो लेमिनाको गोलमा वुल्भ्सले सुरुवाती अग्रता बनाएको थियो। 

तर दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो। खेलको ७५ औँ मिनेटमा स्कारको गोलमा न्यु क्यासल बराबरीमा आएको थियो। 

त्यसको साँच मिनेट पछि बार्नेसको गोलमा न्यु क्यासलले वुल्भ्ससँग अंक खोस्न सफल भएको हो।  जितसँगै न्युक्यासल अंक तालिकाको तेस्रो स्थानमा छ। 

चार खेलबाट १२ अंक भएको सिटी अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक भएको आर्सनल दोस्रो र न्यु क्यासल तेस्रो स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .