ad ad

खेल


टी-२० विश्वकप : अफगानिस्तानसँग ८४ रनले हार्‍यो न्युजिल्यान्ड

टी-२० विश्वकप :  अफगानिस्तानसँग ८४ रनले हार्‍यो न्युजिल्यान्ड

नेपालखबर
जेठ २६, २०८१ शनिबार ८:४४, काठमाडौँ

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको छ। 

शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो। 

जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको  थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको हो। 

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .