ad ad

खेल


मध्यराति काठमाडौँमा क्रिकेट समर्थकको भिड

मध्यराति काठमाडौँमा क्रिकेट समर्थकको भिड

नेपालखबर
जेठ २३, २०८१ बुधबार ०:१, काठमाडौँ

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा आईसीसी टी२० विश्वकप अन्तर्गत नेपालले पहिलो खेल खेल्दैछ। १० वर्षपछि विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य पछ्याएर खेल्दैछ। 

लगभग १५ हजार नेपाली समर्थन स्टेडियममै पुगेर नेपाली खेलाडीलाई हौसला बढाइरहेका छन्। 

एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्‌विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

जसका कारण खेल हेर्न पुगेका समर्थक निराश भएका छन्। 

यता, नेपालमा पनि क्रिकेट समर्थकहरू काठमाडौँमा उत्साहका साथ क्रिकेट हेरिरहेका छन्। काठमाडौँ महानगरपालिकाले तीनकुने, टुँडिखेल र हाँडीगाउँमा स्क्रिन राखेरै प्रत्यक्ष क्रिकेट देखाइरहेको छ। 

प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाउन महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .