ad ad

खेल


दीपेन्द्र सिंह ऐरीले नेपाललाई दिलाए दोस्रो विकेट

दीपेन्द्र सिंह ऐरीले नेपाललाई दिलाए दोस्रो विकेट

नेपालखबर
जेठ २३, २०८१ बुधबार ०:१७, काठमाडौँ

अलराउण्डर दिपेन्द्र सिंह ऐरीले आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस्विरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन्। 

दिपेन्द्रले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्ले ८.२ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ। 

दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे। 

त्यसअघि ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .