ad ad

खेल


टी २० विश्वकप : नेपालले दियो नेदरल्यान्डस्‌लाई १ सय ७ रनको लक्ष्य

टी २० विश्वकप : नेपालले दियो नेदरल्यान्डस्‌लाई १ सय ७ रनको लक्ष्य

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २३:२५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्‌सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १ सय ४ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ५ चौका प्रहार गरे। 

आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। 

कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए। 

लामो सट खेल्ने धुनमा रहँदा नेपालका ६ ब्याटर क्याच आउट हुन पुगे। 

कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्के। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .