ad ad

खेल


टी२० विश्वकप : ग्रुप ‘सी’को पहिलो खेलमा वेस्ट इन्डिजको विजयी सुरुवात, पीएनजी पराजित

टी२० विश्वकप : ग्रुप ‘सी’को पहिलो खेलमा वेस्ट इन्डिजको विजयी सुरुवात, पीएनजी पराजित

वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। तस्बिर : आईसीसी


नेपालखबर
जेठ २१, २०८१ सोमबार ०:२९, काठमाडौँ

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

ग्रुप सीको पहिलो खेलमा आयोजक वेस्ट इन्डिजले पीएनजीले प्रस्तुत गरेको १३७ रनको लक्ष्य १ ओभर बाँकी छँदै पूरा गरेको हो। 

गुयानामा भएको खेलमा वेस्ट इन्डिजका रोस्टन चेस प्लेयर अफ द म्याच भए। उनले २७ बलमा ४२ रनमा नटआउट रहँदै आफ्नो देशको जित सुनिश्चित गरे। 

वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन बनाए। ७ चौका प्रहार गरेका किंग पीएनजीका भालाको बलमा सियाकाको हातबाट क्याचआउट भएका थिए। जोन्सन चार्ल्स पहिलो बलमै एलबीडब्लु धरापमा पर्दा निकोलस पुरनले २७ बलमा २७ रन बटुले। कप्तान रवम्यान पवेलले १४ बलमा १५ रन बनाए भने शर्फेन रथरफोडले ७ बलमा २ रन मात्र जोडेका थिए। आन्द्रे रसेलले ९ बलमा १५ रन बनाउँदा पीएनजीले अतिरिक्त २ रन दिएको थियो। 

पीएनजीले ७ बलरमार्फत आयोजकविरुद्ध आक्रमण गरेको थियो। जसमा काबुआ मोरेआ (३ ओभर), सेसे बाउ (१ ओभर) र चार्ल्स अमिनी (२ ओभर) विकेटविहीन हुँदा अली नाओ (२ ओभर), चाड सुपर (३ ओभर) र जन कारिको (४ ओभर)ले समान १÷१ विकेट हात पारे भने असाद भाला (४ ओभर)ले वेस्ट इन्डिजको महत्त्वपूर्ण २ विकेट लिएका थिए। पीएनजीका काबुवाले सबैभन्दा धेरै ३० रन दिएका थिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो। पीएनजीका लागि सेसे बाउले ४३ बलमा अर्धशतक पूरा गर्दा किपलिन डोरिगाले १८ बलमा २७, कप्तान असाद भालाले २२ बलमा २१, चार्ल्स अमिनीले १४ बलमा १२ र चाद सुपरले ९ बलमा १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। 

बलियो टोलीविरुद्ध पीएनजीले प्रतिस्पर्धात्मक खेल पस्किएको थियो। राम्रो बलिङ र फिल्डिङ गरेको पीएनजीले वेस्ट इन्डिजको ५ विकेट लिएको थियो। 

योसँगै ग्रुप सीमा वेस्ट इन्डिजले २ अंक जोडेको छ। 

यसअघि आइतबार बिहान भएको पहिलो खेलमा ग्रुप एमा रहेको आयोजक अमेरिकाले क्यानडालाई हराउँदै महत्त्वपूर्ण २ अंक बटुलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .