ad ad

खेल


विश्वकपमा ललित र सागर स्पिनिर, ऐरी अलराउन्डर : प्रशिक्षक देसाई

‘दुई फरक–फरक देशमा खेल्न तयार छौँ’
विश्वकपमा ललित र सागर स्पिनिर, ऐरी अलराउन्डर : प्रशिक्षक देसाई

नेपालखबर
जेठ १९, २०८१ शनिबार १८:४०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपालको ब्याटिङ र बलिङ उत्कृष्ट रहेको भन्दै त्यसका लागि ललित राजवंशी र सागर ढकालले जिम्मेवारी लिने जानकारी गराएका छन्। 

शनिबार अमेरिकामा अभ्यास चलिरहँदा सञ्चारकर्मीसँगको कुराकानीमा उनले विश्वकपको पहिलो खेलका लागि केन्द्रित भएर उनीहरूले अभ्यास गरिरहेको जानकारी गराए। 

‘स्पिनर बलरको भूमिका धेरै नै महत्त्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन्। त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ,’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने। 

साथै, अर्का खेलाडी दीपेन्द्र सिंह ऐरी सबै किसिले तयारी रहेको उनले बताए। 

‘दीपेन्द्र सिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरू गरिरहेको छ,’ उनले भने। 

भोलि (जुन २) बाट अमेरिका र वेस्टइन्डिजमा टि २० विश्वकप सुरु हुँदैछ। नेपालको खेल भने जुन ४ मा नेदरल्यान्डसँग रहेको छ।

यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरूको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको प्रशिक्षक देसाईले बताए।

‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौँ। हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ। नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ। दुई फरक–फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .