ad ad

खेल


विश्वकप प्रिभ्यु : उपाधि जितेका ७ सहित २० टोली, फाइनल खेल हुन नसके के हुन्छ?

विश्वकप प्रिभ्यु : उपाधि जितेका ७ सहित २० टोली, फाइनल खेल हुन नसके के हुन्छ?

तस्बिर : स्पोर्ट्सटाइगर


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ९:४५, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबार सुरु हुँदै छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा सहभागी हुन सबै टोली अहिले पुगिसकेका छन्। 

सहआयोजक अमेरिकाले घरेलु मैदानमा क्यानडासँग खेल्दै विश्वकप २०२४ को सुरुवात गर्नेछ। 

विश्वकपको पहिलो खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुनेछ। विश्वकपको अन्तिम खेल भने बारबडोसको ब्रिजटाउनमा हुनेछ।  

अमेरिकाले पहिलोपटक आईसीसीको ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। वेस्ट इन्डिजले भने यसअघि सन् २००७ मा ५० ओभरको विश्वकप र सन् २०१० मा टी–२० विश्वकपको आयोजना गरिसकेको छ।

उसले दुई महिला टी–२० विश्वकपको आयोजना पनि वेस्ट इन्डिजले आयोजना गरिसकेको छ।

विश्वकप जितेका ७ सहित २० टोलीको सहभागिता
नवौँ संस्करणको विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन्।

नवौँ संस्करणसम्म आइपुग्दा सात टोलीले विश्वकपको उपाधि जितेका छन्। अहिलेसम्म वेस्ट इन्डिज र इङ्ल्यान्डले समान दुई पटक विश्वकपको उपाधि उचालेका छन्। 

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ। 

सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अस्ट्रेलियाले जितेको छ। 

यो विश्वकपमा अहिलेसम्म नै धेरै टोलीले सहभागिता जनाउन लागेका हुन्। विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान पक्का गर्नेछन्। सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर आठबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

कुन टोली कसरी छानिए? 
सन् २०२४ को विश्वकप अमेरिका र वेस्ट इन्डिजका नौ स्थानमा आयोजना हुनेछ। 

वेस्ट इन्डिज र अमेरिका आयोजकका रुपमा विश्वकपका छनोट हुँदा सन् २०२२ का शीर्ष ८ टोलीले सोझै विश्वकपका स्थान बनाएका हुन्। 

इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, अस्ट्रेलिया र नेदरल्यान्डस् सन् २०२२ मा शीर्ष ८ मा रहँदै यो विश्वकपका लागि छनोट भएका हुन्। 

यस्तै अफगानिस्तान र बंगलादेशले भने टी–२० वरीयताको आधारमा विश्वकपका स्थान बनाएका हुन्। 

आयरल्यान्ड र स्कटल्यान्ड युरोपियन छनोट, क्यानडा अमेरिकी छनोट, नेपाल र ओमान एसिया छनोट, नामिबिया र युगाण्डा अफ्रिका छनोट चरण पार गर्दै विश्वकपका पुगेका हुन्। पपुवा न्यु गिनीले भने इस्ट एसिया प्यासिफिक छनोट विजेता बन्दै विश्वकपमा पुगेको हो। 

मौसमले प्रभावित भए कम्तीमा ५ ओभरको ब्याटिङ
विश्वकपको समूह चरण र सुपर आठका खेलमा खराब मौसमका कारण वा वर्षाका कारण खेल प्रभावित हुँदा खेलमा कम्तीमा पाँच ओभरको ब्याटिङ गर्न सक्नेछन्। 

यस्तै पहिलो सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ। तर दोस्रो सेमिफाइनलमा भने ‘रिभर्ज डे’ राखिएको छैन। किन कि त्यसको एक दिनपछि नै फाइनल भएकाले ‘रिजर्भ डे’ नराखिएको आईसीसीले जनाएको छ। 

विश्वकपको सेमिफाइनलका लागि २ सय ५० मिनेट अतिरिक्त समय तोकिएको छ। 

पहिलो सेमिफाइनल जुन २६ का लागि ६० मिनेट अतिरिक्त समय राखिएको छ। त्यो दिन मौसमका कारण खेल ढिला हुँदा यो समयले कभर गर्नेछ। अर्को दिन भने स्थानीय समय अनुसार दिनको २ बजेबाट थप १ सय ९० मिनेट हुनेछ। 

जुन २७ मा हुने दोस्रो सेमिफाइनमा निर्धारित दिनमा नै २ सय ५० मिनेट अतिरिक्त समय तोकिएको छ। किनकि दोस्रो सेमिफाइलको ‘रिजर्भ डे’ नभएकाले लामो समय तोकिएको हो। 

जुन ३० अर्थात् फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ। यसको दुई दिन नै १ सय ९० मिनेट अतिरिक्त तोकिएको छ।

फाइनल खेल हुनै नसके दुवै टोली संयुक्त विजेता 
पहिलो सेमिफाइनल र फाइनलको खेल तोकिएको समयमा सुरु हुन नसके दुवैका लागि १० ओभरमा घटाइएको आईसीसीले जनाएको छ। 

तर मौसमका कारण त्यो दिन खेल पूरा हुन नसके ‘रिजर्भ डे’मा जहाँबाट खेल रोकिएको थियो त्यहीबाट पुनः सुरु हुनेछ। 

यदि खराब मौसमका कारण सेमिफाइनलका खेल हुन नसकेको अवस्थामा भने सुपर ८ मा आफ्नो समूहमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान राखिएको छ। 

सेमिफाइनल खेल सुपर ओभरमा पुगे र मौसमले खेल पूरा हुन नसके पनि सोही नियम लागू हुनेछ। 

विश्वकपको फाइनल खेल पनि वर्षाका कारण हुन नसके वा सुपर ओभरमा पुगेर पनि खेल पूरा हुन नसकेको अवस्थामा दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषणा गरिनेछ।

यो पनि-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .