राजनीति


प्रचण्डको दाबी– माधवजी अहिलेको गठबन्धनबाट बाहिर जानुहुन्न

प्रचण्डको दाबी– माधवजी अहिलेको गठबन्धनबाट बाहिर जानुहुन्न

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १२:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गरेका छन्। 

‘कोसी प्रदेश श्रमधान रोजगार मेला’को उद्घाटनमा सहभागी बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

उनलाई सञ्चारकर्मीले बुधबार बुढानीलकण्ठमा आयोजित विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी भएको प्रसंगबारे प्रश्न गरेका थिए। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यसलाई त्यति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि, यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदा, समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नुभएको छ।’

साथै, उनले मधेस प्रदेशमा पनि समीकरणभन्दा बाहिरबाट अर्को सरकार नबन्ने दाबी गरे। 

‘समीकरणभन्दा बाहिर मधेसमा अर्को सरकार बन्दैन। अहिलेको जुन समीकरण छ त्यही सरकार बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad