ad ad

खेल


सीटीलाई लगातार चौथोपटक लिग उपाधि

सीटीलाई लगातार चौथोपटक लिग उपाधि

नेपालखबर
जेठ ७, २०८१ सोमबार ६:४६, काठमाडौँ

म्यानचेष्टर सीटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि उचालेको छ। 

आइतबार राति इत्तिहातद स्टेडियममा भएको खेलमा वेष्ट ह्यामलाई ३–१ ले पराजित गर्दै सीटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि हात पारेको हो। 

लिगको अन्तिम खेलमा सिटीले सानदार जित निकाल्दा दोस्रो स्थानको आर्सनललाई २ अंकले पछि पार्दै उपाधि कब्जा गरेको हो। 

इङिलस फुटबल इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक लिग उपाधि उचालेको यो पहिलो पटक हो। प्रिमियर लिग इतिहासमा सिटीले १० पटक उपाधि जितेको छ। 

यो सिजन लिगको अन्तिम खेलमा आएर उपाधि टुङ्गो लागेको हो। अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ ले पराजित गरेपनि उपाधि उचाल्ने सपना अधुरै रह्यो। 

गत सिजन ट्रेवन उपाधि उचालेको सिटीले २५ मे मा वेम्बेलीमा एफए कपको फाइनलमा म्याचेष्टर युनाइटेडको सामना गर्दैछ। 

सिटीले लिगका ३८ खेलमा २८ खेलमा जित, ७ खेलमा बराबरी र ३ खेलमा हार भोग्दै ९१ अंक बनायो। दोस्रो स्थानमा रहेको आर्सनलले भने समान खेलबाट २८ खेलमा जित, ५ खेलमा बराबरी र ५ खेलमा हार भाग्दै ८९ अंकमा दोस्रो स्थानमा रह्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .