ad ad

खेल


एस्टोनभिल्ला पहिलोपटक च्याम्पियन्स लिगमा

एस्टोनभिल्ला पहिलोपटक च्याम्पियन्स लिगमा

नेपालखबर
जेठ २, २०८१ बुधबार ७:३२, काठमाडौँ

एस्टोनभिल्ला पहिलोपटक युरोपियन च्याम्पियन्स लिगका लागि छनोट भएको छ। 

इङिलस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको टोटनह्याम म्यानचेष्टर सिटीसँग २–० ले पराजित भएसँगै एष्टोनभिल्ला क्लब इतिहासमा पहिलोपटक युरोपियन च्याम्पियन्स लिगका लागि छनोट भएको हो। 

प्रिमियर लिगमा शीर्ष चारमा पुगेसँगै भिल्लाले २०२४–२५ को युरोपको एलिट प्रतियोगितामा स्थान पक्का गरेको हो। 

युइएफए च्याम्पियन्स लिगमा लिगमा छनोट हुँदा इष्टोनभिल्लाका प्रशिक्षक उनाई एमरी र कप्तान जोन म्याकगिनले खुसी बाँडेका थिए। 

‘आजको दिन स्पेशल छ, यो हाम्रो सपना थियो, जुन सिजनको सुरुवात गर्दा देखेका थियौँ,’ उनले थपे, ‘च्याम्पियन्स लिगमा हामीदे विश्वका उत्कृष्ट क्लबहरुसँग खेल्न पाउँछौ, जुन निकै गाह्रो कुरा पनि हो।’

च्याम्पियन्स लिगमा पुगेपछि एष्टोनभिल्लाले खुसी मनाउँदै सामाजिक सञ्जालमा फोटो शेयर गरेको थियो। 

एष्टोनभिल्लाले स्न १९८२–८३ पछि पहिलो पटक युरोपियन कप खेल्न पाएको छ। भिल्लाले यसअघि सन् १९९२–९१ र १९९५–९६ मा प्रिमियर लिगमा दोस्रो र चौथो स्थान हात पारेको थियो। 

प्रिमियर लिगमा टोटनह्यामको हारसँगै एष्टोनभिल्लाले अंक तालिकामा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। प्रिमियर लिगको अंक तालिकामा एष्टोनभिल्लाले ३७ खेलबाट २० खेलमा जित, ८ खेलमा बराबरी र ९ खेलमा हार भोग्दै ६८ अंक बनाएको छ। 

समान खेलबाट टोटनह्यामले १९ खेलमा जित, ६ खेलमा बराबरी र १२ खेलमा हार भोग्दै ६३ अंक बनाएको छ। 

प्रिमियर लिगको अन्तिम खेलमा एष्टोनभिल्लाले आइतबार राति क्रिष्टल प्यालेससँग खेल्नेछ। टोटनह्यामले भने सेफिल्ड युनाइटेडसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .