रफाइल भरानले म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्।
ओल्ड ट्राफोर्डमा ३ सिजन बिताएका उनले क्लबका लागि दुई गोल गरे।
आफ्नो क्लबसँगको सम्झौता सकिएसँगै उनले युनाइटेड छाड्ने बताएको क्लबले जनाएको छ।
उनी सन् २०२१ अगस्टमा रियल मड्रिडबाट ओल्ड ट्राफोर्ड आएका थिए। क्लबमा उनले ९३ पटक खेले। फ्रान्सका उनले सन् २०२३ काराबाओ कप जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
इंग्लिस प्रिमियर लिगमा उनले ६७ पटक खेल्दा ५८ पटक सुरुवाती टिममा मौका पाएका थिए।
150
Shares

प्रतिक्रिया