जुडे बेलिङ्घमको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा बार्सिलोलाई पराजित गरेको छ।
गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको हो। खेलको बार्सिलोनाले दुई पटब अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।
खेलको छैटौँ मिनेटमा नै आन्द्रेस क्रिस्टेनसेनको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको १८ औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा बाँकी गोल दोस्रो हाफमा भयो। खेलको ६९ औँ मिनेटमा फर्मिनो लोपेजको गोलमा बार्सिलोना २–१ को अवस्थामा आएको थियो।
तर ७३ औँ मिनेटमा लुकास भाज्केजले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। खेलको इन्ज्युरी सममया थप गरिएको पहिलो मिनेटमा नै बेलिङघमले गोल गर्दै रियलको जित निश्चित गरे।
जारी सिजन रियलले ६ खेल खेल्न बाँकी छँदा उपाधि यात्रालाई थप बलियो बनाएको छ।
जितसँगै रियलले ३२ खेलबाट १ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७० र ६ अंक भएको जिरोना तेस्रो स्थानमा छ।
गएराति नै भएको खेलमा गेटाफे र रियल सोसिडाडले १–१ को बराबरी गर्दै अंक बाँडे। अल्मेरियामाथि भिल्लारियलले २–१ को जित निकाल्दा अल्भारेजले एथलेटिको मड्रिडलाई २–० ले हराएको छ।
Shares
प्रतिक्रिया