भारतीय प्रान्त कर्नाटकमा २८ वर्षीया विवाहित युवतीलाई बलात्कार गरी इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारेको आरोपमा सात जनाविरुद्ध एफआईआर दर्ता गरिएको छ।
प्रहरीका अनुसार पीडित महिलाले आफ्नो जाहेरीमा आरोपितले आफ्नी श्रीमतीको अगाडि आफूलाई बलात्कार गरेको र त्यसको तस्बिर खिचेर इस्लाम धर्म मान्न बाध्य पारेको उल्लेख गरेकी छन्।
पीडित महिलाले आरोपित रफिक र उनकी श्रीमतीले आफूलाई दुर्व्यहार गर्दै यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाएकी छन्। त्यसपछि उनीहरूले आफ्नो अन्तरंग फोटो खिचेको र त्यसैका माध्यमबाट आफूलाई ब्ल्याकमेल गरेर इस्लाम धर्म अपनाउन बाध्य पारेको दाबी पीडित महिलाले गरेकी छन्।
प्रहरीका अनुसार रफिक र उनकी श्रीमतीले २०२३ मा बेलगावीमा रहेको आफ्नो घरमा बस्न महिलालाई जबरजस्ती गरे र उनीहरूले भनेका कुरा पालना गर्न माग गरे। गत वर्ष तीनै जना सँगै बस्दा रफिकले आफ्नी श्रीमतीको अगाडि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्।
Shares
प्रतिक्रिया