खेल


एसीसी प्रिमियर कप : ओमानलाई हराउँदै यूएई च्याम्पियन

एसीसी प्रिमियर कप : ओमानलाई हराउँदै यूएई च्याम्पियन

नेपालखबर
बैशाख ९, २०८१ आइतबार २०:३५, काठमाडौँ

कप्तान मुहम्मद वसिमको शतक मद्धतमा घरेलु टोली ओमानलाई हराउँदै यूएईले एसीसी प्रिमियर कपको उपाधि उचालेको छ। 

आइतबार भएको फाइनलमा ओमानलाई ५५ रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो। प्रिमियर कपको उपाधि जितेसँगै यूएईले एसिया कपमा समेत स्थान बनाएको छ। 

फाइनल खेलेका ओमान र यूएईसँगै तेस्रो भएको हङकङले इमर्जिङ कपमा स्थान बनाएका छन्। 

यूएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनायो। 

ओमानका लागि प्रतिक अथावाले सर्वाधिक ४९ रन बनाए। खालिद कैलले ३० र फयाज बटले २३ रन बने। जिसन मक्सुदले १४ र रफिउल्लाहले ११ रन बनाउँदा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओमानलाई सस्तैमा रोक्न यूएईका जुनेद सिद्दिकीले ३ विकेट लिए। मुहम्मद फरुक र आयान खानले समान २ विकेट लिए। बसिल हमिदले १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको थियो। 

यूएईका कप्तान वसिमले शतक पूरा गरे। उनले ५६ बलमा ६ चौका र ७ चौका हाने। 

आशिफ खानले ३८ र ओपनर आलिशान सराफुले ३४ रन बनाए। विष्णु सुकुमरणले १८ रन थपे। 

ओमानका लागि बिलाल खानले २ तथा शकिल अहमद र जिसन मक्सुदले समान १ विकेट लिए। 

यूएईले नेपाललाई हराउँदै तथा ओमानले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .