हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा राति मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थान साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मधेस प्रदेशको तराई भूभागका केही स्थान साथै कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
Shares
प्रतिक्रिया