एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।
मुख्य प्रशिक्षक मोन्टी देसाइले अघिल्लो खेलबाट फाइनलमा चार खेलाडी परिवर्तन गरेका छन्।
अघिल्लो खेलबाट आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल शाहलाई बाहिर राखेका छन्।
अघिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेलसहित, सोमपाल कामी, अविनास बोहोरा र आशिफ शेख टोली फर्किएका छन्।
सिरिजका दुई खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो।
नेपालको सुरुवाती ११ :
Shares

प्रतिक्रिया