खेल


पाहुना टोली आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो १७५ रनको सामान्य लक्ष्य

पाहुना टोली आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो १७५ रनको सामान्य लक्ष्य

नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:५०, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टोली सामु १७५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुररस्थ्ति त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ टोली ३८.४ ओभरमा १७४ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डलाई कम स्कोरमा रोक्न रिजन ढकाल र साहब आलमले समान ३ विकेट लिए। मौसम ढकालले २ विकेट झारे। कमल सिंह ऐरीले एक विकेट आफ्नो नाममा गरे। 

आयरल्यान्डका लागि गाभिन होएले अर्धशतक पूरा गरे। कप्तान निल रक ४५ रन बनाउँदा क्याच आउट भए। लियाम ३५ रन बनाउँदा क्याच आउट हुन पुगे। 

पिटर मुरले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपाल ए टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .