ad ad

खेल


आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक छायामा

आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक छायामा

तस्बिर : क्रिकेट संघ


नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:४०, काठमाडौँ

ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल 'ए' टोली आयरल्यान्ड वुल्भ्ससँगको टी–२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको छ। 

आयरल्यान्डले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रन बनाउँदा अलआउट भयो। 

चौथो विकेटका लागि ओपनर लोकेश बम र आरिफ शेखले १ सय २१ रनको शतकीय साझेदारी गरेपछि नेपालले जितको आधार खडा गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि हार भोग्न बाध्य भयो। 

५६ बलमा ९ चौका र ८ छक्का हानेका लोकेश १ सय ६ रन बनाउँदा क्याच आउट भए। 

नेपाल एक समय १५.६ ओभरमा ४–१ सय ८९ को अवस्थामा थियो। 

तर त्यसपछिका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालले १८ औँ ओभरमा लगातार दुई विकेट गुमायो। ओभरको दोस्रो बलमा आरिफलाई गुमाएको नेपालले अन्तिम बलमा किरण किरण ठगुन्नालाई गुमाउन पुग्यो। 

आरिफ शेख अर्धशतक बनाउनबाट चुके। २६ बलमा १ चौका र ५ छक्का हानेका आरिफ ४९ रन बनाउँदा क्याच आउट भए। देव खनाल, रासिद खान, कमल ऐरि, हेमन्त धामी शून्यमा पेभेलियन फर्किए। 

कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट भए। देव खनाल शून्य र अर्जुन घर्ती ३ रनमा पेभेलियन फर्किए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो।  

दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो। 

२९ बलमा ४ चौका र १ छक्का हान्दै ३८ रन बनाएका केडलाई १० औँ ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेका थिए। 

अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुके। ३२ बलमा ४ चौका र ३ छक्का हानेका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट भए। 

गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहे। 

कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ चौका र ३ छक्का हानेका निकलाई कमलले नै पेभेलियनको बाटो देखाए। 
आयरल्यान्डले पहिले विकेटका रुपमा ओपनर रोस अडाएरलाई २ रनमा नै गुमाएको थियो।

स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरिको बलमा सागर ढकालको हातबाट क्याच आउट भए। 

आयरल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गरेका कमलले आफ्नो पहिलो ओभरमा नै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाएका थिए।

सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमल ए टोलीमा स्थान बनाउँदै टोलीमा फर्किएका हुन्। 

नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे। 

सिरिजको दोस्रो खेल भोलि शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .