ad ad

कारोबार


सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक : अध्यक्ष सिंह

सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक : अध्यक्ष सिंह

नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:४२, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन सरकारसँग माग गरेका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष सिहंले यस्तो माग गरेका हुन्।

उनले सार्वजनिक खरिद ऐन संसदबाट निर्माण उद्योग मैत्री हुनेगरी संशोधन गरी तत्काल पास गर्न आवश्यक रहेको बताए। उनले निर्माण व्यवसायीहरुले लामो समयदेखि धेरै खालका चुनौतिको सामाना गर्दै आएको भन्दै उक्त चुनौति ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताए।

अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीहरुका समस्या समाधान गर्नेमा आफूहरु विश्वस्त रहेको बताए। उनले नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर असफल भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

‘निर्माण उद्योग उद्योगहरुको पनि उद्योग हो। नेपाल जस्तो विकासन्मुख मुलुकमा निर्माण उद्योगको भूमिका बढी छ। तर राज्यका निकायहरुले निर्माण उद्योगलाई प्राथमिकता दिन सकेको छैनन्। लामो समयदेखि निर्माण व्यवसायीहरुले चुनौतिका चाङ भोग्दै आएका छौं’ उनले भने, ‘सार्वजनिक खरिद ऐन पूर्वव्यवसायी मैत्री बनाउन संसदमा रहेको सार्वजनिक खरिद ऐनलाई तत्काल संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन अनुरोध गर्दछु।’

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको दाबी गरे। उनले सरकारले तत्काल पुँजीगत खर्च वृद्धि गर्न नसकेको विकास निर्माणको कामले थप गति लिन नसक्ने बताए।

उनले सरकारले विकास निर्माणका कामलाई दु्रत गतिमा अगाडि बढाउनको लागि पुँजीगत खर्चमा जोड दिनुको विकल्प नभएको बताए।

अध्यक्ष सि‌ंहले निर्माण उद्योग उद्योगहरुको पनि उद्योग भएको भन्दै राज्यले त्यो रुपमा मान्यता नदिएको गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .