खेल


आयरल्यान्ड वुल्भ्सको नेपालसँग क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

आयरल्यान्ड वुल्भ्सको नेपालसँग क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

नेपालखबर
चैत ९, २०८० शुक्रबार १६:३४, काठमाडौँ

टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलाहरू डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने छ।

नेपाली राष्ट्रिय टोली, गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ।

त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ।

यस्तै, तीन वटा एक दिवसीय खेलहरू भने चैत २१, २३ र २५ गते हुने छन्।

प्रतियोगिताका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .