ad ad

खेल


आरबीबी एनभीए च्याम्पियनसिप : पुलिस क्लब सेमिफाइनल प्रवेश

आरबीबी एनभीए च्याम्पियनसिप : पुलिस क्लब सेमिफाइनल प्रवेश

नेपालखबर
चैत ८, २०८० बिहिबार १७:६, काठमाडौँ

नेपाल पुलिस क्लब काठमाडौंमा जारी आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको तेस्रो क्वार्टरफाइनलमा कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै पुलिस क्लब सेमिफाइनलमा पुगेको हो।

एकपक्षीय खेलमा पुलिस क्लबले कोशी प्रदेशमाथि २५–१३, २५–१६ र २५–१३ को सहज जित निकालेको हो।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल भैरहेको छ। यो खेलसँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा हुनेछ।

यसअघि बुधबार भएको खेलमा टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

महिलातर्फ भने नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले फाइनलमा स्थान पक्का गरिसकेका छन्।

दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .