ad ad

राजनीति


प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन नगर्ने

प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन नगर्ने

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ७:४९,

संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेको छ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकोले प्रधानमन्त्री ओलीको सम्बोधन सरेको हो। संसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको आज २ बजेका लागि तय भएको सम्बोधन शनिबार (भोलि) बिहान ११ बजे सारिएको जानकारी दिए।

शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ।

यसअघि कांग्रेसले आफ्ना सांसद निधन भएपछि संसद बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधन रोक्न प्रधानमन्त्रीलाई निवेदन दिएको थियो।

कांग्रेसको निवेदनपछि प्रधानमन्त्रीको सम्बोधन सारिएको कांग्रेसकी सांसद डिला संग्रौलालेले नेपालखबरलाई जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .