हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज पपुवा न्यु गिनीसँग भिड्दैछ।
हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
नेपालले मंगलबार भएको खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पीएनजीले पनि हिजो मंगलबार नै भएको खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपालसँगको भेट पक्का गरेको थियो।
सिरिजको पहिलो खेलमा पानी परेपछि नेपाल र हङकङले अंक बाँडेका थिए।
435
Shares
प्रतिक्रिया