ad ad

खेल


एसिया कप खेलेको नेपाली टोलीलाई टिम ११ ले गर्‍यो नगदसहित सम्मान

एसिया कप खेलेको नेपाली टोलीलाई टिम ११ ले गर्‍यो नगदसहित सम्मान

नेपाली टोलीलाई टिम ११ ले नगदसहित सम्मान गरेको छ। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २०, २०८० आइतबार १३:१५, काठमाडौँ

नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ।

आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एसियन गेम्स २०२३ मा  भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईलाई सम्मान गरिएको हो।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रतिचौका १० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रतिछक्का २० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट २० हजार दिने घोषणा गरेको थियो।

त्यही घोषणाअनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत १ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत ७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत ६० हजार, करन केसीले एक चौका र २ छक्का प्रहार गरेबापत ५० हजार प्राप्त गरे।

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत ३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत ४० हजार र गुलशन झाले एक चौका प्रहार गरेबापत १० हजार पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो। 

नेपालको पहिलो सीपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीतालाई समर्थन तथा सम्मान गदै आएको छ।

यसअघि पनि नेपालका विभिन्न घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरूमा खेलाडीको मनोबल उच्च पार्न पुरस्कार प्रदान गरेको थियो।

यस्तै नेपाली क्रिकेट टिमले अहिले प्राप्त सफलतालाई कायम राखी आगामी दिनहरूमा थप सफलता प्राप्त गरी नेपाली खेल प्रेमी दर्शकलाई गौरवान्वित बनाउने अपेक्षा रहेको टिम ११ ले जनाएको छ।


तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .