ad ad

कला


‘नझरेका फूल’को पलेटी साँझमा भक्तराजको सम्झना

‘नझरेका फूल’को पलेटी साँझमा भक्तराजको सम्झना

नेपालखबर
फागुन २०, २०८० आइतबार १३:१६, काठमाडौँ

मोरङको सुन्दर हरैचाबाट सञ्चालन हुँदै आएको ‘नझरेका फूल’ कार्यक्रम निक्कै लोकप्रिय छ। 

शनिबार भएको ‘नझरेका फूल’को पँलेटी साँझमा भजन शिरोमणी भक्तराज आचार्यको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। 

कार्यक्रममा आचार्यले गाएका गीत तथा भजन गाएर उनको सम्झना गरिएको ‘नझरेका फूल’ कार्यक्रमका सञ्चालक केपी घिमिरेले बताएका छन्।

लाइभ ब्यान्डका साथमा गायक हेमन्त शर्मा, कृष्णभक्त राई, गणेश पराजुली, यमुना पराजुली, कृष्णराजा श्रेष्ठ, चण्डी साम्पाङ, टंक मगर र कविता लिम्बूले भक्तराज आचार्यका गीत गाएका थिए। 

कार्यक्रममा गीतकार जेबी थुलुंग तथा सूयर्मा राईले आचार्यको सम्झनामा लेखिएका गीत तथा गजल वाचन गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .