ad ad

खेल


प्रिन्सलाई लगातार चौथो पटक उपाधि

प्रिन्सलाई लगातार चौथो पटक उपाधि

नेपालखबर
फागुन १९, २०८० शनिबार २२:२५, काठमाडौँ

सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टनको उपाधि उचालेका छन्।

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार भएको फाइनलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन्।

यस विधाको तेश्रो स्थानमा एपीएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्षप्रिन्सलाई लगातार चौथो पटक उपाधी
सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टनको उपाधी उचालेका छन्।

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार भएको फाइनलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को संघषपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधी उचालेका हुन्।

यस विधाको तेश्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे।

पुरुष शीर्ष ८ बाहेकको उपाधी भने एपीएफका क्षितिज खनालले हात पारे। 

खनालले फाइनलमा नखिपोटका बिवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन्। तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे।

यस्तै यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलाशा रानाले जित हात पारिन्।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडी बिच भएको प्रतिस्पर्धामा प्रिन्स र बिजितको जोडीले जित हात पारे।

प्रिन्स र बिजितबो जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन्। 

यु–१३ को ब्वाईजतर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले जित हात पार्दै उपाधी कब्जा गरे।

यु – १७ एकल तर्फ आर्मीका सुप्रिम पन्तले युनिग्लोबल कलेजका सक्षम ढकाललाई २१–१८, २१–१२ ले पराजित गर्दै उपाधी उचाले।

प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .