टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्याड्सविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओपनर अनिल शाहको स्थानमा कुशल भुर्तेललाई टोलीमा ल्याएका हुन्।
सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टर जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ।
नेपालले आजको खेलमा जित निकाले फाइनल पुग्ने सम्भावना बलियो पार्नेछ।
आजको खेलमा जित वा हारको नतिजामा भने भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा भर पर्नुपर्नेछ।
99
Shares
प्रतिक्रिया