ad ad

खेल


विश्वकप छनोट : नेपाल र बहराइनबीचको खेल घरेलु मैदानमा नहुने

विश्वकप छनोट : नेपाल र बहराइनबीचको खेल घरेलु मैदानमा नहुने

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १४:५०, काठमाडौँ

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्धको खेल घरेलु मैदानमा नहुने भएको छ। 

नेपालले बहराइनसँग आगामी चैत्र ८ गते हुने तालिका थियो। तर दशरथ रगंशालाको खराब अवस्थाका कारण खेल घरेलु मैदानमा नहुने भएको हो। 
एशियाली फुटबल फेडेरेसनले नेपाल र बहराइनबीचको खेल न्युट्रल भेन्युमा गराउन भनेको छ। 

फागुन १४ गते आएर एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले दशरथ रंगशालाको निरीक्षण गरेका थिए। मैदान निरिक्षण पछिको उनले बुझाएको प्रतिवेदन अनुसार एएफसीले खेल न्युट्रल भेन्युमा गराउन एन्फालाई पत्राचार गरिसकेको छ। 

बहराइनविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोलीको घोषणा गरेका गरिसकेका छन्। 

दोस्रो चरणमा नेपालले बहराइनसँग चैत्र ८ गते र १४ गते खेल्ने तालिका छ। 

नेपालको प्रारम्भिक टोली  
गोलरक्षकः अविशेक बराल, विशाल सुनार, दिप कार्की, किरण चेम्जोङ

डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई

फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, ससमिर तामाङ र सन्जिव विष्ट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .