ad ad

खेल


नामिबियाविरुद्ध कुशलले पूरा गरे अर्धशतक

नामिबियाविरुद्ध कुशलले पूरा गरे अर्धशतक

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:४९, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। 

कुशलले १७ औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलले ३० बलमा १ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे। 

टी–२० आई मा कुशलको यो चौथो अर्धशतक हो। कुशल ५० र आरिफ शेख ३१ रनमा नटआउट छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय४९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .