ad ad

खेल


त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित

त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार १४:५५, काठमाडौँ

नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। 

बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २रनले पराजित भएको हो। 

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्।

सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले ५५ रनको साझेदारी गरेपछि नेपाल एक समय जित नजिक पुगेको थियो। 

तर यी दुवै खेलाडी पेभेलियन फर्केपछि नेपालको जितको आशा सकिएको हो। 

दीपेन्द्र ६३ रनमा बोल्ड आउट भए। ३४ बलमा ६ चौका र ३ छक्का हानेका दिपेन्द्र भान डेर मेर्भेको बलमा बोल्ड आउट भए।

त्यसअघि दिपेन्द्रले २८ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरे। टी–२० आईमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो। 
करण केसी ११ रनमा रन आउट भए। 

कप्तान रोहित पौडेल ५० रनमा पेभेलियन फर्के। १२ औँ ओभरको चौथो बलमा कप्तान रोहितले ३५ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे। टी–२० आईमा रोहितको यो छैटौँ अर्धशतक हो। 

१२ औँ ओभरको चौथो बलमा अर्धशतक हानेका रोहित अन्तिम बलमा रोहित आउट भए। 

नेपालले १२ औँ ओभरमा दुई विकेट गुमायो। १२ औँ ओभरको दोस्रो बलमा कुशल मल्ल ११ रन बनाउँदै आउट भए। 

नवौँ ओभरको पहिलो बलमा ओपनर आशिफ शेख आउट भए। २२ बलमा ४ चौका र १ छक्का सहयोगमा ३४ रन बनाएका आशिफ भान डेर मेर्भेको बलमा पेभेलियन फर्के। 

सन्दीप जोरा ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। सोमपाल कामी शुन्य रनमा नै आउट भए। 

पहिलो ओभरको चौथो बलमा नै कुशल भुर्तेल क्याच आउट भए। सिरिजको पहिलो खेलमा पनि कुशल शुन्य रनमा नै आउट भएका छन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

ओपनर माइकल लेविट ५४ रन बनाउँदा आउट भए। कुशल मल्लले  वौँ ओभरको पाचौँ बलमा माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। माइकलले ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए। 

तेस्रो विकेटका लागि स्कट र सेब्रान्ड एंगेलब्रेचले ६४ रनको साझेदारी गरेका थिए। १३ औँ ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इडवार्डलाई रन आउट भए। १६ बलमा ५ चौका हानेका कप्तान आउट भएसँगै नेपाललाई केही राहत मिलेको थियो। 

तेस्रो ओभरको पहिलो करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाउँदै पेभेलियन फर्के। 

चौथो विकेटका लागि सेबार्ड र तेजा निदामनुरुले ६१ रनको साझेदारी गरे। तेजा ३१ रन बनाउँदा रन आउट भए। सेब्राट ४९ रनमा नटआउट रहे। ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

सिरिजको तेस्रो खेलमा बिहीबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन्। उक्त खेल बिहान साढे ११ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .