स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ।
लुका मोड्रिचको निर्णायक गोलमा रियलले सेभियालाई १–० ले हराएको हो।
निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा मोड्रिचले गोल गरेका थिए।
शीर्षस्थानमा रहेको रियलले जितसँगै २६ खेलबाट ६५ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट ५७ अंक पाएको छ।
एक खेल कम खेलेको तेस्रो स्थानमा रहेको र एक खेल कम खेलेको जिरोनाको ५६ अंक छ भने सेभिया २४ अंकका साथ १५औं स्थानमा छ।
57
Shares
प्रतिक्रिया