ad ad

खेल


कप्तान रोहित आउट

कप्तान रोहित आउट

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ११:२०, काठमाडौँ

आईसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल पेभेलियन फर्केका छन्। 

कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।

१३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। 

११औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्दतमा ७ रन बनाएका अनिल भिभियन किङमाकै बलमा बोल्ड आउट भए। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भीभीएन किङमाको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले २५औँ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८७  रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ४१ रनमा नटआउट छन्। क्रिजमा दीपेन्द्रसिंह ऐरीआएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .