युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब आर्सनल हारेको छ।
बुधबार भएको खेलमा आर्सनललाई पोर्चुगिज क्लब एफसी पोर्टोले १–० गोलले हराएको हो।
पोर्टोको घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा पोर्टोले निर्णायक गोल गरेको थियो। दोस्रो हाफको इन्जुरी समयमा रोड्रिग्वेज गालेनोले गरेको गोल नै पोर्टाेको जितका लागि निर्णायक भएको थियो।
अब दोस्रो लेग खेल मार्च १२ तारिखमा आर्सनलको घरेलु मैदानमा हुनेछ।
21
Shares
प्रतिक्रिया