ad ad

खेल


पहिलोपटक वाफ च्याम्पियनसिप खेल्दै नेपाल, आज सिरियासँग भिड्दै

उपाधि जित्ने सुनौलो अवसर
पहिलोपटक वाफ च्याम्पियनसिप खेल्दै नेपाल, आज सिरियासँग भिड्दै

नेपालखबर
फागुन ८, २०८० मंगलबार ८:१५, काठमाडौँ

चीनको हाङझाओमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) पछि नेपाली राष्ट्रिय महिला फुटबल टोली ५ महिनापछि मंगलबार मैदान उत्रँदै छ। 

पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा महिला टोलीले मंगलबार सिरियासँग खेल्दै छ। 

साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट्स् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।

नेपाली टोली सिरियालाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ। उता बलियो टोलीसँग खेल्न लागेको सिरिया पनि नेपालसँग सचेत छ।

वाफ च्याम्पियसिपमा नेपाली टोली पहिलोपटक सहभागिता जनाउन लागेको हो। दक्षिण एसियाबाट नेपाल र ग्वामले आमन्त्रित सदस्यको रुपमा च्याम्पियनसिप खेल्न लागेका हुन्। 

फिफा वरीयतामा नेपाल सिरियाभन्दा अघि छ। नेपाल १०५औं स्थानमा छ भने सिरिया १५०औँ स्थानमा छ।

नेपाल रहेको समूह बीमा सिरिया, इराक र प्यालेस्टाइन छन्। समूह एमा आयोजक साउदी अरेबियासँगै जोर्डन, ग्वाम र लेबनान छन्।

च्याम्पियनसिपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको हो।

समूहको शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। 

च्याम्पियसिपमा जोर्डन ५ पटकको विजेता हो भने यूएईले दुईपटक उपाधि जितेको छ। 

तुलनात्मक रुपमा कमजोर समूहमा रहेको नेपाललाई उपाधिको दाबेदारका रुपमा समेत हेरिएको छ। 

नेपाल रहेको समूहका टोली प्यालेस्टाइन १३६औँ स्थानमा छ । इराकको भने वरीयता छैन। 

नेपालले समूह चरणको दोस्रो खेलमा बिहीबार इराकसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .