रुपन्देहीमा निर्माण भैरहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रम पछि सरेको छ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ र टी–२० त्रिकोणात्मक सिरिजका कारण मैदानको उद्घाटन करिब २ साता पछाडी सारिएको आयोजकले जनाएको छ।
एक्स्ट्राटेक ओभलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २ साता पछि मैदानको उद्घाटन गर्ने जानकारी दिएको हो।
यसअघि फागुन १४ गते मैदानको उद्घाटन गर्ने भनिएपनि अब २८ गतेका लागि सारिएको एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुवँरले जानकारी दिए।
व्यक्तिगत लगानीमा निर्माण भैरहेको मैदानमा तिलोत्तमा एक्स्ट्राटेक लेजेण्डस् कप टी–१० प्रतियोगिता आयोजना गरेर मैदानको उद्घाटन गर्ने अयोजकले तयारी गरेको छ।
प्रतियोगितामा क्रिकेटको पहिलो पुस्ताको टोलीलाई लेजेण्ड्स ९६, २०१४ को विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरू, रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सबाट खेलाडीले खेल्नेछन्।
यही मैदानको उद्घाटनको अवसरमा पूर्वकप्तान पारस खड्का पनि मैदान उत्रनेछन्। पारस खड्काले २०१४ को टिमको कप्तानी गर्नेछन्।
सन् १९९६ टोलीको कप्तानी एलबी क्षेत्री, सन् २०१४ को पारस खड्का, रुपन्देही लेजेन्ड्सको हरि थापा तथा रेस्ट अफ नेपालको कप्तानी कलाम अलिले गर्नेछन्।
Shares
प्रतिक्रिया