ad ad

खेल


खेलकुद मन्त्रालयले गर्‍यो खेलाडीलाई नगदसहित सम्मान (नामसहित)

खेलकुद मन्त्रालयले गर्‍यो खेलाडीलाई नगदसहित सम्मान (नामसहित)

नेपालखबर
माघ २८, २०८० आइतबार १४:४४, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालयले आईसीसी यू–१९ विश्वकप र एसिया कपमा छनोट हुन सफल क्रिकेट टोली तथा यू–२२ एसियन महिला पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत र कांस्य पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ। 

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा युवा तथा खेदकुद मन्त्री डिग बहादर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायतका पदाधिकारीले खेलाडीलाई सम्मान गरेका हुन्।

क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षक जगत टमाटालाई २ लाख तथा फिजियो र टिम व्यवस्थापकलाई जनहह्ी १ लाख रुपैयाँ प्रदान गरेको छ। 

यस्तै बक्सिङका रजत पदक विजेता सुष्मा तामाङलाई ६ लाख रुपैयाँ सहित सम्मान गरिएको छ। कास्य पदक विजेता हेमा राई, त्रिशा जबेगु र विजय बाटालाई जनही ३ लाख रुपैयाँ दिएको छ। 

टोलीका मुख्य प्रशिक्षक दिपक महर्जनलाई १ लाख ८ हजार र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठलाई ७२ हजार रुपैयाँ दिएको छ।

को को सम्मानित?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .