उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ को छायाङ्कन सकिएको छ। पुस २१ गतेबाट सुरु गरिएको फिल्मको सुटिङ ३० दिनमा सकिएको हो।
सिनेमाको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ।
पाँचथरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो। यस फिल्ममा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिने छिन्।
मिरुना र दयाहाङका फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ।
निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्। कबड्डी फिल्मस्को ब्यानरमा निर्माण यो फिल्म आगामी वैशाख २१ गतेबाट रिलिज हुनेछ।
यसअघि सुब्बाको लेखन र निर्देशनमा फिल्म ‘जारी’ बनेको थियो। यसैवर्ष ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड बढीको व्यापार गरेको थियो।
Shares
प्रतिक्रिया