भारतीय महिला लिगमा पहिलो पटक फरक टोलीबाट खेलेका यी २ खेलाडी आइलिगको दोस्रो सेमिफाइनलमा भिड्ने भएका हुन्।
यो सिजन सावित्राले गोकुलम केरला एफसी र अनिता साविक विजेता सेथु एफसीबाट खेलिरहेका छन्।
सेथु समूह ‘ए’ को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम ४ मा पुगेको छ।
समूह चरणमा सावित्राको टोली अपराजित रहँदा अनिताको टोलीले एक खेलमा हार व्यहोरेको थियो।
सावित्राले छनोट खेल समेत खेलेकी थिइन्। लिगमा समेत गरेर १६ गोल गर्दा उनी लिगको सर्वाधिक गोलकर्ता हुन्।
सावित्राले गतसंस्करण सेथुबाट खेल्दै टोलीलाई च्याम्पियन बनाएकी थिईन्। खेल नेपाली समयअनुसार अपरान्ह ३ बजे सुरु हुनेछ।

प्रतिक्रिया