ad ad

खेल


यू-१९ विश्वकप क्रिकेट : सचिन र उदयको शतकमा नेपालसामु भारतको विशाल लक्ष्य

यू-१९ विश्वकप क्रिकेट : सचिन र उदयको शतकमा नेपालसामु भारतको विशाल लक्ष्य

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:३०, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत शुक्रबार भएको खेलमा सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले  नेपाली युवा टोलीसामु २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको हो। 

चौथो विकेटका लागि कप्तान उदय सहरान र सचिन दासले विशाल साझेदारी गरेपछि भारतले नेपालसामु विशाल योगफल खडा गरेको हो। 

१०१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय १६ रन बनाएका सचिन गुल्शन झाको बलमा क्याच आउट भए। 

सचिनले ९३ बलमा १० चौका र २ छक्का मद्दतमा शतक पूरा गरेका थिए। 

उता उदयले पनि १०७ बल खेल्दै १०९ बलको योगदान दिए। उनले भारतका लागि आफ्नो पारीमा ९ चौका पनि हाने।

सचिन र उदयको साझेदारी नेपालका लागि घातक बन्न पुग्यो। गुल्शनले सचिनको विकेट लिँदै भारतको विशाल साझेदारी तोडे। उदयलाई पनि गुल्शन झाले सुवास भण्डारीको हातबाट क्याच आउट गराए। 

त्यसअघि १४ ओभरको समाप्तीमा भारत ३–६२ को अवस्थामा थियो। तेस्रो विकेटका रुपमा ओपनर कअर्शिन कुलकर्नी १८ रनमा क्याच आउट भए।

३० बलमा २ चौका हानेका अर्शिनलाई आकाश चन्दले विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

दोस्रो विकेटका रुपमा भारतले १४ ओभरको पाचौँ बलमा प्रियांशु मोलियोलाई गुमाएको थियो। ३६ बलमा १ चौका हानेका प्रियांशु १६ रन बनाउँदै रन आउट भए। 

नेपालका लागि पहिलो विकेट गुल्शन झाले लिए। अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई २१ रनमा उत्तम कै हातबाट क्याच आउट गराउँदै पेवेलियको बाटो देखाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .