ad ad

खेल


आहा रारा प्रतियोगिताको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

आहा रारा प्रतियोगिताको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

नेपालखबर
माघ १८, २०८० बिहिबार १७:३७, काठमाडौँ

पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन्।

आर्मीले अब उपाधिका लागि पाँच पटकको च्याम्पियन थ्रीस्टारको सामना गर्नेछ। उता पाचौँ पटक फाइनलमा पुगेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

रस बहादुर मगरको निर्णायक गोलमा आर्मी फाइनलमा पुगेको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको नवौँ मिनेटमा मगरले गोल गर्दै आर्मीलाई फाइनलमा पुर्याए।

त्यसअघि खेलको ६१ औँ मिनेटमा दिनेश हेन्जनको फ्रिकीक गोलमा आर्मीले अग्रता बनाएको थियो। ८५ औँ मिनेटमा समिर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।

प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .