ad ad

खेल


अर्धशतक बनाउन चुके विशाल, नेपालले गुमायो ९ विकेट

अर्धशतक बनाउन चुके विशाल, नेपालले गुमायो ९ विकेट

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १७, २०८० बुधबार १६:५१, काठमाडौँ

युवा ब्याटर विशाल विक्रम केसीले आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा बंगलादेशविरुद्ध अर्धशतक पूरा गर्नबाट चुकेका छन्।  

बंगलादेशका बलरसामु लामो समय नेपाली ब्याटर क्रिजमा टिक्न नसक्दा विशाल अर्धशतक नजिक पुगेका थिए।  

तर ४३ औं ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा विशाल बोल्ड आउट भए। 

विशालले १ सय बलमा ६ चौका मद्दततमा ४८ रन बनाए।

विशालपछि नवौँ विकेटका रुपमा आकाश चन्द आउट भए। चन्द क्रिजमा पस्नेबित्तिकै गोल्डेन डक आउट हुन पुगे

कप्तान देव खनाल ३५ रनमा क्याच आउट भए। ओपनर अर्जुन कुमालले १४ रन थपे।

अहिले नेपालका लागि क्रिजमा सुवास भण्डारी र दुर्गेश गुप्ता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .