आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
नेपालका आकाश त्रिपाठी १६ रन जोडेको अवस्थामा नाशिर खानको बलमा अलि अहमदको हातबाट क्याच आउट भएका हुन्।
उनी २३ औँ ओभरको दोस्रो बलमा बाउन्ड्रीको कोसिस गर्दा पवेलियन फर्किएका हुन्।
यसअघि विपिन रावल १९ बलको सामना गर्दै केबल २ रनमा आउट भएका थिए।
उनीभन्दा पहिले अलराउण्डर गुलशन झा केबल १ रनमै बोल्ड आउट भएका थिए।
१२ बलमा १ रन बनाएका गुलशन खलिल अहमदको बलमा बोल्ड आउट भए।
त्यसअघि पाचौँ ओभरमा ओपनर अर्जुन कुमाल १० रनमा आउट भएका थिए।
अफगानिस्तनले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ७५ रन बनाएको छ।
नेपालबाट अहिले क्रिजमा कप्तान देव खनाल ५७ बलको सामना गर्दै ३६ रनसहित क्रिजमा छन्। उनलाई साथ दिन दीपक डुम्रे आएका छन्।
पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।
सुपर सिक्समा प्रवेश गर्न अफगानिस्तानले नेपाली युवा टोलीसामु १ सय ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्यलाई पछ्याउँदै अहिले नेपाल जवाफी ब्याटिङमा छ।
यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ।
Shares
प्रतिक्रिया