ad ad

खेल


पाकिस्तानविरुद्ध नेपालले कटायो १ सय रन

पाकिस्तानविरुद्ध नेपालले कटायो १ सय रन

नेपालखबर
माघ १०, २०८० बुधबार १५:५९, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीले पाकिस्तानविरुद्ध १ सय रन कटाएको छ।

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ३०.१ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनाएको हो।

रनका लागि संर्घष गरिरहेको युवा टोली पाकिस्तानी बलरसामु खुल्न सकेका छैनन्।

नेपालका लागि हरुन हर्सद, अरफत मिनहास, अहमद हुसैन घातक बनिरहेका छन्।

एक समय १७.१ ओभरमा ०–३ को अवस्थामा रहेको नेपालले १ सय रन पूरा गर्न २ विकेट गुमाउँदै मात्र ७ बल खर्चियो।

मध्य क्रमका ब्याटर खुल्न नसक्दा युवा टोली रन बनाउन सकेका छैनन्।

ओपनर विपिन रावल ३९ रनमा बोल्ड आउट भए। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए।

कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।

ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।

उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए।

पाकिस्तानका लागि अहमद हुसैनले २ विकेट झारे। अलि अस्फद र अरफात मिनहासले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .