ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पायो १ सय ५२ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पायो १ सय ५२ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
माघ ९, २०८० मंगलबार १२:२५, काठमाडौँ

सुजन थपलियाको उत्कृष्ट ब्याटिङमा कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु १ सय ५२ रनको लक्ष्य दिएको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी ३४.३ ओभरमा १ सय ५१ रन बनाउँदा अलआउट भयो। 

सुजन थपलियाले बनाएको ७३ रन नै कोशीका लागि सर्वाधिक रह्यो। सुजनले ७३ बलमा ८ चौका र ४ छक्का मद्धतमा ७३ रन बनाउँदा दिनेश अधिकारीको बलमा बोल्ड आउट भए। 

सौजन घिमिरेले १२ र आशिष भट्टराईले ११ रन थपे। ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कोशीलाई कम स्कोरमा रोकन दिनेश अधिकारीले ४ विकेट लिए। उनले ८ ओभरमा १ डेन राख्दै १८ रन दिए। प्रकाश जैसीले ३ विकेट झारे। 

६ ओभरमा २ मेडन राख्दै २२ रा खर्चेका दिवान पुनले २ विकेट अपाm्नो नाममा गरे। जारी प्रतियोगिातमा कोशी प्रदेशले जितको खाता खोल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .