आइसीसी विश्वकप क्रिकेट –२०१९ मा जारी खेलमा भारतविरुद्ध आयोजक इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ।
व्रिघटनमा टस जितेर ब्याटिङ थालेको इंग्ल्याण्डले २७ ओभर सकिदा १ विकेट गुमाएर १ सय ९२ रन जोडेको छ।
उसका ओपनर जोनी बेरेस्ट्रो शतक बनाएर खेलिरहेका छन्। २७ ओभर चलिरहँदा बेरेस्ट्रो ९८ बलमा १ सय ९ रन बनाएर खेलिरहेका छन्।
पहिलो विकेटका लागि बेरेस्ट्रो र जोसन रोयबीच १ सय ६० रनको साझेदारी भएसँगै इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको हो।
रोय २३औं ओभरमा ६६ रन बनाएर पवेलियन फर्किए। उनले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
3
Shares
प्रतिक्रिया