ad ad

खेल


टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप

टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप

नेपालखबर
माघ ४, २०८० बिहिबार ६:३७, काठमाडौँ

बुधबार बेङ्गलुरुमा भएको टी–२० सिरिजको तेस्रो खेलमा भारतले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा १० रनले पराजित गर्दै सिरिज ३–० ले कब्जा गरेको छ।

यो रोमाञ्चक खेलको सबैभन्दा रोचक कुरा के थियो भने टाईपछि दुई सुपर ओभर खेलिएको थियो।

अफगानिस्तानले पहिलो सुपर ओभरमा १६ रन बनाएर भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो। तर भारतीय टोलीले १६ रन मात्र बनाउन सके र यो सुपर ओभर पनि टाई भयो।

त्यसपछि दोस्रो सुपर ओभर खेलियो। भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो। तर अफगानिस्तानका ब्याट्सम्यानले रवि बिश्नोईको घातक बलिङ विरुद्ध आत्मसमर्पण गरे। 

यसअघि भारतले २० ओभरमा २१२ रन बनाएर अफगानिस्तानलाई जितका लागि २१३ रनको लक्ष्य दिएको थियो।

अफगानिस्तानका तीन खेलाडी रहमानुल्लाह गुरबाज (५०), इब्राहिम जर्दान (५०) र गुलबदिन नाइब (५५ नटआउट) ले अर्धशतक बनाए।

अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो र खेल बराबरी भएको थियो।

पछिल्ला दुई खेलमा असफल कप्तान रोहित शर्माले ६९ बलमा अविजित १२१ रन र रिंकु सिंहले ३९ बलमा अविजित ६९ रन बनाए ।

यो खेलमा विराट कोहली शून्य रनमा आउट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .